आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

मलावीमा आँधीका कारण मृत्यु हुनेको संख्या ४३८ पुग्यो, उद्धार जारी

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) २२ पाठक संख्या

मलावी । चक्रवात फ्रेडीबाट प्रभावित मलावीको दक्षिणी क्षेत्रमा थप मृत शरिर फेला परेपछि स्थानीय समयअनुसार शुक्रबार राति ९ः०० बजेसम्म मारिनेको संख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

 

विभागले आफ्नो पाँचौँ अपडेटमा आँधीका कारण ३२६ जनाको मृत्यु भएको, करिब तीन लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।

 

उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको संख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् ।आयुक्तले भने, “विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।”

मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस