आज:  २०७९ चैत्र १२, आईतबार | Sun, 26, Mar, 2023
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमालेको पालिकास्तरीय वैचारिक राजनीतिक प्रशिक्षण परवानीपुरमा सम्पन्न

एपी खबर २०७९ चैत्र ४, शनिबार (१ हप्ता अघि) १३ पाठक संख्या

सिमराः नेकपा एमालेको पालिकास्तरीय वैचारिक राजनीतिक प्रशिक्षण बाराको परवानीपुरमा शनिवार सम्पन्न भएको छ ।एमाले परवानीपुर गाउँ कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टी तथा जनसंगठनका पदाधिकारी र अगुवा कार्यकर्तालाई प्रशिक्षित गरिएको थियो । प्रशिक्षण कार्यक्रम सुरु हुनु अघि एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले मिसन ग्रासरुटको अवधारणाको विषयमा धारणा राखेका थिए ।

 

यसैगरी मधेस प्रदेश कमिटी सदस्य राजमहमद रायले एमालेको राजनीतिक वैचारिक भिन्नता, किशोर शर्माले पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र सदस्यहरुका अधिकार, राधेश्याम सिवाकोटीले दसौं महाधिवेशनको कार्यदिशा, कर्तव्य तथा कार्यशैली, सिता सुवेदीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र समाजवाद निर्माण सम्बन्धी पार्टीको अवधारणा, आसमहमद अंसारीले समसामयिक राजनीतिक अवस्था र पार्टीको दृष्टीकोण, प्रेस चौतारी नेपालका नेता केसी लामिछानेले अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका विषयमा प्रशिक्षण दिएका थिए ।

 

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, चयन गुरुङ, अध्यानन्द पाण्डे, देवी सापकोटा, गोपाल घलान, मोबिन आलम, भावना आचार्यलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रभु यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस