वीरगञ्ज – वीरगञ्जका दुई जना राष्ट्रिय क्रिकेट खेलाडीलाई आइतबार वीरगञ्जमा सम्मान गरिएको छ। राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आशिफ शेखलाई सम्मान गरिएको हो।
आईसीसी विश्वकप लिग–२ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकोले उनीहरुलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।मेयर सिंहले दुबै दाजुभाइबाट भविष्यमा अझै राम्रो क्रिकेट खेल प्रदर्शनको अपेक्षा राखेको बताए। उनले अझै राम्रो खेल प्रदर्शन गर्दै विश्वभर क्रिकेट खेलमार्फत वीरगञ्जको नाम चिनाउन दुबै दाजुभाइलाई शुभकामनासमेत दिएका थिए।
उनीहरुलाई वीरगञ्ज महानगरले चैत १७ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने मेयर सिंहले घोषणा गरे। सोही दिन दुबै जनालाई एक–एक थान मोटरसाइकलसमेत वीरगञ्ज महानगरपालिकाले प्रदान गर्नेछ।
प्रतिक्रिया दिनुहोस