आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

एकै दिन १७ जनामा कोरोना संक्रमणको पुष्टि

एपी खबर २०७९ चैत्र ९, बिहिबार (२ महिना अघि) ६३ पाठक संख्या

काठमाडौँ — नेपालमा कोरोना भाइरसको संक्रमण बिहीबार ह्वात्तै बढेको छ । शून्यमा झरेको संक्रमण आज एकै दिन १७ जनामा देखिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य संक्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो ।

 

सक्रिय संक्रमित पनि बढेको पाइएको छ । आज ३० जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस