आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

धनुषाको हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

एपी खबर २०७९ चैत्र ११, शनिबार (२ महिना अघि) ६२ पाठक संख्या

धनुषा। धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।

 

शनिवार बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएकाे थियो ।

 

ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलाका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङ्गको बेलवारी–८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको छ भने सोही ट्रकका चालक सर्लाहीको बाग्मती–११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।

 

ठक्करबाट सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक नीजि अस्पताल उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घाइते को उपचार सोही अस्पतालमा भइरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस