आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

एमालेका विरुद्ध बन्ने मोर्चा परास्त हुन्छ- पूर्वमन्त्री पौडेल

एपी खबर २०७९ चैत्र १२, आईतबार (२ महिना अघि) ७५ पाठक संख्या
सिमरा : नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्बमन्त्री पुरुषोत्तम पौडेलले एमाले अझै बलियो बन्दै जाने दाबी गर्नु भएको छ । उहाले जनताको समर्थन एमाले पर्ती बडदै गएको समेत दाबी गर्नु भयो ।
मिसनग्रासरुट अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगर पालिका कमिटिले सिमरामा आयोजना गरेको बैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रममा यस्तो बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्बमन्त्री पौडेलले मिसनग्रासरुट अभियानले जनताको भाबनालाइ जोडेको हुनाले एमालेका बिरुधमा जस्तो सुकै मोर्चा बनेपनी त्यस्तो मोर्चा परास्त हुने दाबी गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य एवम पुर्बमन्त्री ज्वालाकुमारी साहले एमालेलाइ बलियो बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।उपमहानगर कमिटिका अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको केन्दृय सदस्य अरबिन्द सिहले प्रदेश कमिटी सदस्यहरु मनोज पौडेल,राधेश्याम सिबाकोटी,किशोर शर्मालगायतले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रमको सहजिकरण रत्न उप्रेती र स्वागत त्रिलोक बिक्रम ठकुरिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस