आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

बाराको प्रसौनीमा एमालेको बैचारिक राजनैतीक पशिक्षण सम्पन्न

एपी खबर २०७९ चैत्र १८, शनिबार (२ महिना अघि) ५९ पाठक संख्या

बारा: नेकपा एमालेको मिसनग्रासरुट अन्तर्गत बाराको प्रसौनी गाउँपालिकामा पालिका स्तरिय बैचारिक राजनैतीक पशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो ।

 

कार्यक्रममा राजनीतिक दलहरुसंग हाम्रो पार्टीको राजनीतिक वैचारिक भिन्नता र कम्युनिष्ट पार्टीको बिचारका बिषयमा केन्दृय सदस्य अरबिन्द सिहले,
पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार , कर्तव्य र कार्यशैलीको बिषयमा प्रदेश कमिटी सदस्य किशोर शर्माले, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका बिषयमा प्रदेश कमिटी मनोज पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

 

त्यसैगरि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाका बिषयमा विनोद जैसवाल र समसामयिक राजनैतिक परिस्थिती र पार्टिको दृष्टिकोणका बारेमा रफिक हवारिले प्रशिक्षण दिनुभएको थियो ।परसौनि गाँउपालिका कमिटिका सम्योजक भगवती नेउपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य देबनारायण चौधरीले पनि बोल्नुभएको थियो । प्रभु दासले सन्चालन गरेको कार्यक्रममा अशेस्वर गुप्ताले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस