आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एपी खबर २०७९ चैत्र १९, आईतबार (२ महिना अघि) ५१ पाठक संख्या

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। आज आइतबार बिहान १० बजे पार्टी कार्यालय केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

 

बैठकमा बारा- २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ। यसभन्दा अगाडि चैत १६ गते बसेकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने कुरामा केही नेताले असन्तुष्टि जनाएका थिए।

 

 

कांग्रेसले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेकाे छ।यसैगरी, बैठकमा सरकारमा पठाउने मन्त्रीकाे बारेमा छलफल हुने बताइएकाे छ। भागबन्डामा ८ मन्त्रालय पाएकाे कांग्रेसले शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो। ४ मन्त्री छान्न बाँकी नै छ।यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने मुख्यसचिव पाैडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस