आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

आईपीएल : लखनउले दिल्ली र पञ्जाबले कोलकतालाई हरायो

एपी खबर २०७९ चैत्र १९, आईतबार (२ महिना अघि) ५६ पाठक संख्या

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो ।

 

 

दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए ।

 

 

हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डीएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस