आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

रामेछापको मन्थलीमा बलेरो जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु

एपी खबर २०७९ चैत्र २३, बिहिबार (१ महिना अघि) २१० पाठक संख्या

रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँनजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्।मृतकहरूको सनाखत हुन सकेको छैन। घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए।

 

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ।स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ।

 

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल झरेको थियो। दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।रासस

प्रतिक्रिया दिनुहोस