मोरङ – मोरङको जहँदा गाउँपालिकाबाट प्रहरीले ४ सय २० किलोभन्दा बढी तौलमा गाँजा बरामद गरेको छ।मोरङ प्रहरीका अनुसार बुधबार स्थानीय बेरियारी टोलमा मोहम्मद मजेबुल मियाँको खेतमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको हो।
मियाँको मकैबारीभित्र सो परिमाणको गाँजा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी विराटनगर र लागुऔषध नियन्त्रण ब्युरो रानी विराटनगरबाट खटिएको संयुक्त टोलीले १४ वटा बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको हो।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बरामद गरिएको गाँजा ४ सय २२ दशमलव ३३ किलो रहेको बताए।यस क्रममा गाँजा तस्करगरि भारततर्फ लैजानका लागि लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। सो क्षेत्रबाट भारतको विहार बोर्डर करिब ७ किमि दूरीमा छ।
प्रतिक्रिया दिनुहोस