आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

विराटनगरबाट ५४ तोला सुन, ८ केजी चादी र साढे सात लाख भारतीय रूपैयाँ सहित २ जना पक्राउ

एपी खबर २०८० बैशाख २३, शनिबार (४ महिना अघि) ८५ पाठक संख्या

बिराटनगर: विराटनगरबाट ५४ तोला सुन, ८ केजी चादी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँ प्रहरीले बरामद गरेको छ। को २ च १४९५ नम्बरको इको भ्यानमा आउँदै गरेको समूहको साथबाट सुन र नगद बरामद भएको प्रहरीले जनाएको छ।

 

 

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक बिनोद मुरारका, उनकी श्रीमती पुस्पा मुरारका छन्। बिनोद बिराटनगरस्थित केएल दुगढ कम्पनीका लेखापाल भएको बुझिएको छ। बरामद भएको सामानको मुल्य अन्दाजी ९० लाख रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस