आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

चौथों बकुलिया भवानीपुर गोल्ड कप सुरु,पहिलो खेलमा गुरुधाम एफसी गोलबजार विजय

अखिलेश यादव २०८० बैशाख २३, शनिबार (३ हप्ता अघि) ५५ पाठक संख्या

सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ मा चौथों बकुलिया भवानीपुर गोल्ड कप शनिवार देखि शुरू भएको छ ।चौथों बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिताको उद्घाटन बारा क्षेत्र न ४ क को प्रदेश सांसद देवनारायण चौधरीले गरेका थिए । उनले खेलकूदको विकासका लागि आफूबाट सक्दो सहयोग हुने आश्वासन दिए । खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तर्राष्ट्रियस्तरमा भएको बताए । उद्घाटन कार्यक्रम जन्कल्यान्कारी क्लबका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको थियो भने , जीतपुरसिमरा उपमहानगपालिकाका उप प्रमुख भोला अधिकारि वडा न ५ को वडाध्यक्ष दिपेन्द्र चौधरी बिशिष्ट अतिथि वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्की लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।उद्घाटन खेल गुरुधाम एफसी गोलबजार र सी स्टार सि क्लब चपुर रौतहट बीच भएको थियो ।खेलमा गुरुधाम एफसी गोलबजारले सि स्टार सि क्लब चपुर रौतहटलाई २-० ले गरेको छ ।पहिलो हाफ को ३१ औं मिनेटमा गुरुधाम एफसी गोलबजार का ९ नम्बर जर्सीको खेलाडी कृष्ण राना मगरले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो भने दोश्रो हाफ को १३ औं मिनेटमा गुरुधाम एफसी गोलबजार १० नम्बर जर्सीका खेलाडी समिर तमाङ्गले दिश्रो गोल गरेको थियो । गुरुधाम एफसी गोलबजारको क्याप्टेन अमन लामा मैन अफ द मैच पुरस्कार बाट सम्मानित भएको छ ।

बैशाख ३० गते सम्म चल्ने चौथों बकुलिया भवानीपुर गोल्ड कप प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ नगद र मेडल शिल्ड प्रमाणपत्र पुरस्कार पाउने छ ।भोलिको खेल बिरगंज युथ क्लब बिरगंज र एपिएफ क्लब बर्दिबास बीच ३ बजे देखि सुरु हुने छ । चौथों बकुलिया भवानीपुर गोल्ड कप प्रतियोगिताको उद्घाटनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडाध्यक्ष सुनिल गुप्ता,३ न को वडाध्यक्ष तारा बहादुर कार्की,१६ न को वडाध्यक्ष हरिदेव खरेल लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस