सिमरा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले सरसफाईकर्मीलाई जुत्ता वितरण गरेको छ ।मंगलबार एक कार्यक्रमको बीच सरसफाईकर्मीलाई वडा कार्यालयमा बोलाएर जुत्ता वितरण गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरको फोहोर व्यवस्थापनको जिम्मा वडा अध्यक्ष सुनिल गुप्तालाई दिएको दिन देखि नै उहाँ आफै जीतपुरको फोहोर व्यवस्थापनमा सरसफाईकर्मी संग बजारमा निस्किने गर्नु हुन्छ ।वडा अध्यक्ष गुप्ताले फोहोर व्यवस्थापनको जिम्मेवारी लिए पछि अहिले जीतपुरको फोहोर व्यवस्थापन सरल तरिकाले अगाडी बढीरहेको छ ।
सुरक्षित भई आफनो दैनिक कार्यलाई संचालन गर्न जुत्ता वितरण गरिएको उहाँले बताउनु भयो । दैनिक रुपमा नगर सरसफाई गर्ने सफाईकर्मीहरुलाई आफु सुरक्षित भई काम गर्न वडा अध्यक्ष गुप्ताले आग्रह गरेको छ ।वडा अध्यक्ष गुप्ताले जुत्ता उपलब्ध गराएकोमा सफाईकर्मिहरुले धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस