आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने

एपी खबर २०८० जेष्ठ ६, शनिबार (१ हप्ता अघि) २२ पाठक संख्या

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बस्ने संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकमा जानकारी गराएका हुन्।

यसअघि ओलीले संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि स्वास्थ्य अवस्थाका कारण नबोलेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसदमा जानकारी दिनेसमेत बताएका थिए। संसद् बैठक भोलि बिहान ११ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस