आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

आईपीएलमा गुजरातसँग बेंगलोर हार्दा मुम्बई प्लेअफमा

एपी खबर २०८० जेष्ठ ८, सोमबार (१ हप्ता अघि) १८ पाठक संख्या

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा गुजरात टाइटन्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ।बैंगलोरले घरेलु मैदानमा दिएको १९८ रनको विजयी लक्ष्य गुजरातले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।​ गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाए।

 

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा गुजरातसँग पराजित भएसँगै बैंगलोर प्लेअफबाट बाहिरियो। यसको फाइदा मुम्बइ इन्डियन्सलाई भयो।सोमबारै पहिलो खेलमा सनराइजर्स हैदरवादलाई पराजित गरेको मुम्बइ लिगमा चौथो बन्दै प्लेअफप पुग्यो।

 

यसअघि नै शीर्ष स्थान पक्का गरिसकेको साविक विजेता गुजरातले लिगमा यस सिजन पनि लिगमा उत्कृष्ट प्रदर्शन गर्दै १४ मध्ये १० खेल जित्दै सर्वाधिक २० अंक जोड्न सफल भयो।गुजरातले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा दोस्रो स्थानको चेन्नाइ सुपर किंग्ससँग खेल्नेछ। यस्तै तेस्रो भएको लखनउ सुपर जायन्ट्स र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस