सिमरा : बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा न ३ ले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय नरबस्तिलाई बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेको छ । शिक्षामा लगानी बढाएको वडा न ३ बजनीले सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढाउन बिधुतिय मयुरी रिक्सा प्रदान गरेको हो ।
चालु आर्थिक बर्षमा छुट्याएको बजेट बाट विनियोजित ४ लाख रकम बाट बिधुतिय मयुरी रिक्सा वडाले खरिद गरेर बिद्यालयलाई हस्तान्तरण गरेको छ ।मंगलबार एक कार्यक्रमबीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले विद्यालयलाई उक्त बसको चाबी (साचो) हस्तान्तरण गरेका हुन् ।टाढाटाढाका विद्यार्थीलाई घर–विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले विद्यालयको आग्रह अनुसार वडा बाट बजेट बिनियोजन गरेर बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरिएको वडा अध्यक्ष कार्कीले बताए ।
शिक्षामा गरेको लगानीले दिगो प्रतिफल दिने भएकोले आफुले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय नारा बस्तीलाई बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताए । बिधुतिय मयुरी रिक्साको साचों बुझ्दै विद्यालयका प्रधानध्यापक पशुराम श्रेष्ठले वडा कार्यालयले बिधुतिय मयुरी रिक्सा हस्तान्तरण गरेकोले अब सामुदायिक बिद्यालयमा पनि पढ्न आउने बालबालिकाको मनोबल बढ्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
बिधुतिय मयुरी रिक्सा हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष दल बहादुर बस्नेत,वडा सदस्य चिम बहादुर पाख्रिन,वडा सचिव अनिल बिश्वकर्मा,कुबेर न्युपाने ,श्याम कार्की,दिपक तामांग लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस