काठमाडौँ: इन्डियन प्रिमियर लिग(आइपिएल)मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले १० औँ पटक फाइनलमा स्थान बनाएको छ।आफ्नो घरेलु मैदानमा भएको क्वालिफायर-१ को भिडन्तमा डिफेन्डिङ च्याम्पियनमाथि १५ रनको जित निकाल्न सफल भयो।
महेन्द्र सिंह धोनकी चेन्नईले उपाधि भिड्नत नरेन्द्र मोदी स्टेडियममा खेल्ने छ। यो खेलमा हारका बाबजुत गुजरात टाइटन्सले फाइनल प्रवेशको अर्को मौका प्राप्त गर्नेछ। गुजरातले अब बुधबार हुने एलिमिनेटर चरणको खेलमा मुम्बई र लखनउ बिचको बिजेतासँग क्वालिफायर-२ खेल्ने छ। जसको बिजेताले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ६० रन बनाउँदा डेभन कनवेले ४० रन बनाए। त्यस्तै अजिंक्य रहाने र अम्बाति रायडुले समान १७-१७ रन बनाउँदा रविन्द्र जडेजाले २२ रन बनाएका थिए।१७३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गुजरातका लागि शुभमन गिलले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रसिद खानले ३० तथा दसुन सनाकाले १७ र विजय शंकरले १४ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।
जब धोनीले थमाएको बलिङमा पथिरानालाई अम्पायरले रोके…
कप्तान महेन्द्र सिंह धोनी खेलका दौरान आफ्नो युनिक टेस्टका लागि परिचित छन्। उनी आफ्नो रणनितिमा अडिग रहन्छन्। यसै मामिलामा उनकले गुजरातविरुद्ध त्यस्तै एक जिद्दी पन देखाए। १७३ रनको लक्ष्य पछ्याएको गुजरातको इनिङको १५ औँ ओभर सकिएको थियो। स्कोर डिफेन्स गरिरहेको चेन्नईका कप्तान धोनीले १६ औँ ओभर फाल्नका लागि मथीस पथिरानालाई बल थमाए। जब पथिराना बलिङ गर्न गए अम्पायरले उनलाई रोके र भनेकी बलिङ गर्नु अगाडि उनी मैदानमा थिएनन्। त्यसैले उनी मैदानमा बलिङ गर्न तत्काल योग्य छैन्न जति समय बाहिर छन्। त्यति समय मैदानभित्र रहनुपर्ने अम्पायरले सम्झाएका थिए। पथिराना ४ मिनेट बाहिर थिए। धोनीले उनलाई यतिनै समय सम्म बलिङ गराएनन्। धोनीले चाहेको भए अन्य बलरलाई त्यो मौका दिन सक्थे तर उनले पथिरानालाईनै बलिङको मौका थिए।
धोनीको जिद्दीका पछाडी पथिराना डेथ ओभर सेपेशलिस्ट मानिन्छन्। त्यसैले धोनीले उनलाई १६ औँ १८ र २० औँ ओभर बलिङका लागि राखेका थिए। यदि उनले १६ औँ ओभर अर्कोलाई बलिङ गर्न दिँदा इक्वेसन बिग्रिन सक्थ्यो। त्यसले उनले अन्य रिक्स लिन चाहेनन्। बरु चार मिनेट खेल रोकेर पेनाल्टी स्वीकारे तर पथिरानाको ३ ओभर उनले गुमाउन चाहेनन्। जसको प्रतिफलको रूपमा चेन्नई १० औँ पटक फाइनलमा पुग्न सफल भयो।
धोनीको यही जिद्दीका कारण चेन्नईमाथि पेनाल्टी समेत गरियो। आइसिसीको नियमानुसार कुनै खेलमा २० ओभर फ्याँक्ने समय सम्म कुनै टिमले बल फ्याँकी सक्दैन भने जति ओभर बाँकी रहन्छ त्यति ओभर ३० गजको दायरा (इनर सर्कल) को बाहिर केवल ४ खेलाडी मात्र रहन सक्छन्। निर्धारित समय सम्ममा चेन्नईले १८ ओभर बलिङ गरेको थियो। यसकारण उसले अन्तिम दुई ओभर आउट फिल्डमा ४ खेलाडी राख्ने इजाजत पायो। यदि पेनाल्टी हुँदैन थियो भने ५ खेलाडी बाहिर राख्न पाउने थियो।
प्रतिक्रिया दिनुहोस