आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

मोटर साइकलको ठक्करबाट बाराको कलैयामा एक जना पैदल यात्रुको मृत्यु

अखिलेश यादव २०८० जेष्ठ ११, बिहिबार (१ हप्ता अघि) १८ पाठक संख्या

कलैया:मोटरसाईकलको ठक्कर बाट बाराको सदरमुकाम कलैयामा एक जना पैदल यात्रुको मृत्यु भएको छ।मृत्यु हुनेमा कलैया उप-महानगरपालिका-२३ बस्ने ६४ वर्षकी देउकी साह रहेको प्रहरीले जनाएको छ ।

 

बुधबार वडा नम्बर-६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ न.को मोटर साइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

 

साहको थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक पुरुषाेतम पाण्डेले जानकारी दिए।दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने वर्ष १८ अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस