आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

नेकपा एमालेका सांसदहरूले गरे मधेश प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध

एपी खबर २०८० जेष्ठ ११, बिहिबार (१ हप्ता अघि) १४ पाठक संख्या

धनुषा — मधेश प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेका छन् । प्रदेश सरकारले स्थानीय तहमा पठाएको ससर्त अनुदानमा सरकारले अपनाएको विधि-प्रक्रिया गलत भएको भन्दै प्रदेश सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।

 

नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले ससर्त अनुदानबारे प्रदेश सभामा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

 

प्रदेश सरकारले आफूअनुकूल योजना तोकेर स्थानीय तहमा ससर्त अनुदान पठाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस