आज:  २०८० जेष्ठ १९, शुक्रबार | Fri, 02, Jun, 2023
FLASH NEWS

हातेमालो साकोसको स्थापना दिवसको अवसरमा नि:शुल्क रगत परिक्षण

अखिलेश यादव २०८० जेष्ठ ११, बिहिबार (१ हप्ता अघि) १५ पाठक संख्या

जीतपुर:बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरा मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा नि:शुल्क रगत परिक्षण शिविर सम्पन गरेको छ ।

 

हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं बार्षिकोत्सवको अवसर पारेर जीतपुर स्वास्थ्य चौकीको सहकार्यमा नि:शुल्क रगत परिक्षण शिविरको आयोजना गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको यस वस्तीमा विपन्न दलित ,मुस्लिम समुदायको वसोवास रहेकोले जीतपुर स्वास्थ्य चौकी भित्र रहेको प्रयोगशाला संग समन्वय गरेर नि:शुल्क रगत परिक्षण सञ्चालन गरेको आयोजक संस्थाको उपा अध्यक्ष संजय साहले बताउनु भयो ।जीतपुर स्वास्थ्य चौकी भित्र आयोजना गरिएको नि:शुल्क रगत परिक्षणले वडा न ७ भित्रका बासिन्दाहरुले रगत परिक्षणको माध्यम बाट आफ्नो शरीर भित्र लुकेका मृगौला सम्बन्धि रोग,मधुमेह जस्ता रोग बारे थाहा पाउने भएको छ । हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं बार्षिकोत्सवको अवसर पारेर १९ गते सम्म निशुल्क स्वास्थ्य शिविर लगाएत होदिंग बोर्ड जडान जस्ता कार्यले यहाँको जनता लाभान्वित हुने जीतपुरका समाजसेवी अफताब आलमले बताउनु भएको छ ।

 

रगत परिक्षण कार्यक्रममा ११३ जनाले आफ्नो रगतको परिक्षण गराएको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी लगाएत स्थानीय सम्जासेवीहरुको रगत परिक्षण शिविरमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस