आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

महिलालाई आत्मनिर्भर बनाउन २५ दिने ब्यूटीसीयन तालिम सुरु

अखिलेश यादव २०८० जेष्ठ १८, बिहिबार (३ महिना अघि) ८५ पाठक संख्या

जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १५ डुमरवानामा बिहिवार देखि २५ दिने ब्यूटीसीयन तालिम सुरु भएको छ । मधेस प्रदेशको प्रदेश सभा सदस्य रवीन्द्र दास श्रेष्ठको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत हाम्रो समाज जागरण अभियानको आयोजनामा तालिम सुरु भएको हो ।

 

तालिमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको उपप्रमुख अधिकारीले बताए ।

 

कार्यक्रममा एमाले नेता राजकुमार अर्याल, प्रदेशसभा सदस्य श्रेष्ठका स्वकीय सचिव मोहन लामिछाने, रेडियो सिमराका प्रबन्ध निर्देशक अच्युत पौडेल, महिला नेतृ सीमा ठकुरी, प्रेस चौतारी नेपाल मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस