काठमाडौं– आज आइतवार मुलुक भरको मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पहाडी भूभागमा भने आंशिक बदली रहने सम्भावना छ ।
त्यस्तै, मुलुकको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना छ । उक्त क्षेत्रमा हल्का वर्षा समेत हुन सक्ने महाशाखाको भनाई छ । आइतवार राति मुलुकको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग पर्ने सम्भावना छ । उक्त स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
तराईमा जिल्लाहरुको तापक्रम बढ्ने भएको हुँदा अत्याधिक गर्मी हुने सक्ने महाशाखाले जनाएको छ ।
आज विराटनगरमा अधितकम तापक्रम ३९ डिग्री, विरगञ्ज ४० डिग्री, भैरहवा ४० डिग्री तथा नेपालगञ्जको पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौंमा भने अधिकतम तापक्रम ३२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस