राष्ट्रिय सभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो ।
पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री समेत रहेकी पाण्डे नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य थिए ।
राष्ट्रियसभाको अर्को बैठक २२ जेठको अपरान्ह १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस