जीतपुर : सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरे संगै बाराका युवाहरुले त्यसको बिरुद्धमा प्रदर्शन गरेको छ ।नागरिकता विधेयक प्रमाणीकरण गरेको ४ दिनमै सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश एक दमै गलत रहेको भन्दै नागरिकता बिहिन रहेकाहरुले आज बाराको जीतपुरमा टायर बालेर बिरुद्ध प्रदर्शन गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।रबि लामिछानेको दोहरो नागरिकता मुदामा महिना दिन पछि अदालतले निर्णय गर्ने र बर्षौ देखि प्रमाणीकरण नगरेको नागरिकता बिधेयकमा सर्बोच्च अदालतले आनत्रिम आदेश जारि गर्नु एक दमै गलत निर्णय रहेको बाराका नागरिकता बिहिनाहरुले बताएका छन् ।
नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशको बिरुद्धमा प्रदर्शन गर्दै बाराका नागरिकता लिन बाट बन्चित भएकाहरुले रबि लामिछाने मुर्दाबाद,हाम्रो आमा बुवा नेपालको हामि चाहिं कहाँको भन्दै नारा बाजी समेत गरेको थियो ।सर्वोच्चको अल्पकालीन आदेश बिरुद्धमा प्रदर्शन गर्दै उनीहरुले बिर्गनाज पथलैया सडक खण्ड १५ मिनेटको लागि अवरुद्ध समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस