आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस बारामा पनि मनाईयो

अखिलेश यादव २०८० जेष्ठ २१, आईतबार (३ महिना अघि) ५७ पाठक संख्या

जीतपुर : आज १७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस बारामा पनि मनाईएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो त्यसै दिनको सम्झनामा सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने गरेको छ ।

 

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आईतबार जीतपुरसिमरा उपमहानगरपालिका, दलित विकास समितिको आयोजनामा उपमहानगरपालिका कार्यालयमा सम्पन्न भएको छ ।सर्वदलीय दलित संजालका अध्यक्ष सुधन दास तात्माको अध्यक्षतामा जीतपुरसिमरा उपमहानगरको प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारि निर्वाचित दलित महिला सदस्य बिमला पासवानले शुभकामना मन्तब्य राखेका थिए ।

 

सभामा सम्बोधन गर्दै जीतपुरसिमरा नगर उपप्रमुख भोला अधिकारीले नेपालमा जातीय आधारमा भेदभाव गर्नु हुँदैन भन्ने चेतनाको विकास नहुँदा कहिँ कतै त्यस्ता घटना हुने गरेकोले सबै वडा वडामा जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताए।जीतपुरसिमरा उपमहानगरमा कहिँ कतै जातीय छुवाछुत तथा विभेदको घटना भए उपमहानगरपालिकाको न्यायिक समितिमा तत्काल उजुरी गर्न वा नजिकको प्रहरी कार्यालयमा घटना दर्ता गराउन र भेदभाव गर्नेलाई कानुन बमोजिम कारवाहि गर्ने प्रतिवद्धता गरेको छ ।जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको प्रमुख अतिथि समेत रहेका पूर्व प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको उनले बताए ।

 

१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस कार्यक्रममा निर्वाचित महिला सदस्य ललिता पासवान,लालामुनी बिश्वकर्मा,भाग्वती माझि,चिन्ता देवी राम,शिव देवी पासवान,राधिका देबी राम लगाएत अन्य दलित समुदायको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस