नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले तराईका सामुदायिक विद्यालयमा जस्तापाताको सट्टा ढलान गर्न माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘दिनप्रतिदिन गर्मी बढेको छ । ४० डिग्रीमाथि गर्मी छ । तराईका सामुदायिक विद्यालयमा जस्तापाताको छाना छ । ढलान गर्न माग गर्छु । जस्तापाता रहेसम्म फ्यानको व्यवस्था गर्न माग गर्छु,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस