आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

प्रदेश सभा सदस्य देवनारायण चौधरी द्वारा अधुरो सडक ढलानको शिलान्याश

अखिलेश यादव २०८० जेष्ठ २५, बिहिबार (३ महिना अघि) ७३ पाठक संख्या

जीतपुर : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १९ इनार्वासिर्हामा बिहिवार अधुरो सडक ढलानको शिलान्याश गरिएको छ ।बारा क्षेत्र न ४ क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमको बीच अधुरो सडक ढलानको शिलान्याश गर्नु भएको छ ।वडा न १९ मा निमको रुखदेखि अधुरो रहेको सडकको शिलान्याश गरिएको बाटो ढलान उपभोक्ता समितिको अध्यक्ष रामा चौधरीले बताउनु भएको छ ।प्रदेश सभा सदस्य देवनारायण चौधरीको संसदीय कोष बाट ४ लाख ९५ हजार र जनसहभागिता बाट ५५ हजार गरेर ५ लाख ५० हजारको लागतमा सडक ढलानको शिलान्याश गरिएको छ ।शिलान्याश पछि बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस पालि केन्द्रले नै बजेटमा कटौती गरेको कारण आफुहरुले बिकाशको लागि पाउनु पर्ने रकम कम भएकोले सबै क्षेत्रमा सोचे जति बजेट बिनियोजन हुन् न सक्नु दुखद कुरा रहेको बताए । त्यस्तै उहाँले अब देखि आफु आफ्नो संसदीय कोषको रकम बाट इनार्वासिर्हामा बिकाशको लागि सक्दो बजेट बिनियोजन गर्ने बताउनु भयो ।

 

बाटो ढलानको कार्य असार १५ गते सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको र उक्त बाटो बाट ९०० घर धुरी लाभान्वित हुने आयोजनाको सुचना पाटीमा उल्लेख गरिएको छ । शिलान्याश कार्यक्रममा सडक ढलान उपभोक्ता समितिको सदस्य लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया दिनुहोस