आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

आफ्नै २० दिने शिशुको हत्या गर्ने बुवालाई बारा प्रहरीले गर्यो सार्वजनिक

अखिलेश यादव २०८० जेष्ठ २५, बिहिबार (३ महिना अघि) ५७ पाठक संख्या

जीतपुर : शिशुको हत्या गरी फरार रहेका आरोपित बुवालाई पक्राउ गरेर बारा प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । प्रहरीले बाराको देवताल गाउँपालिका-४ पिप्राडि टोल बस्ने २२ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 

आरोपित नुर आलम अन्सारीलाई प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोट बाट मंगलबार साँझ साढे ५ बजे पक्राउ गरेको हो।उनले जेठ १४ गते बेलुका आफ्नै २० दिनको छोराको हत्या गरेको आरोप छ।उनलाई पक्राउ गरिदिन जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

बिहिवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नै २० दिनको छोरालाई हत्या गर्ने अन्सारीलाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको अनुसार बारा जिल्लाको देवताल गाउँपालिका वडा न ४ पिप्राडि को नुर आलम अन्सारी र कलैया उपमहानगरपालिकाको वडा न ३ भवानीपुर बस्ने कलमा खातुन संग जातीय रितिरिवाज अनुसार बिवाह भएको र त्यसपछि कलमा खातुनले फोनमा माईति संग तथा आफन्तहरु संग कुरा गर्दा नुर आलम अन्सारीले आफ्नो श्रीमति अरु संग लागेको भनि दिनहु कुटपिट गर्ने गरेको बताए ।

 

छोराको जन्म भएको ८ दिन पछि काठमाडौँ बाट नुर आलम अन्सारी घर आएको र जेठ १४ गते कलमा खातुनले आफ्नो २० दिने छोरालाई खाटमा सुताई काम गरिरहेको बेला नुर आलम अन्सारी घरमा आएर आफ्नो २० दिनको छोराको घाटी थिचेर हत्या गरेर फरार भएको बेला अन्सारीलाई काठमाडौँ बाट पक्राउ गरेर ७ दिनको मुयाद थप्प गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस