आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

विदेश पठाई दिन्छु भनि १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गर्ने चौधरी पक्राउ

अखिलेश यादव २०८० जेष्ठ २५, बिहिबार (३ महिना अघि) ४३ पाठक संख्या

जीतपुर :विदेश पठाई दिन्छु भनि १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको बारा गढी गाउँपालिका वडा न १ घर भएका ३७ बर्षिय विजय कुमार चौधरी रहेका छन् ।

 

 

पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा कानुन अनुसार कारवाही गरि पाउँ भनि दिएको निबेदन जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त भएकोल प्रहरीले विदेश पठाई दिन्छु भनि ठगि गर्ने विजय कुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

 

विजय कुमार चौधरीले विदेशको बिभिन्न ठाउँमा राम्रो काममा पठाई दिन्छु भनि ललाई फुकाई प्रलोभन देखाई पिडितहरु संग रकम लिएर विदेश न पठाएकोले पक्राउ गरेर ठगि मुदा दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

 

प्रतिक्रिया दिनुहोस