जीतपुर:जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा शुक्रबार एक कार्यक्रमको बीच ३ कोठे भवनको शिलान्याश गरिएको छ ।बारा क्षेत्र न ४ क को प्रदेश सभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमको बीच ३ कोठे भवनको शिलान्याश गर्नु भएको छ ।मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले आफ्नो संसदीय कोषको बजेटबाट उपलब्ध गराएको २५ लाखको लागतमा तिन कोठे भवन निर्माण गर्न लागिएको हो ।फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा बिद्यार्थीको संख्या बढी भएकोले गर्दा पठन पाठन गराउनको लागि कक्षा कोठाको अभाव भएको गुनासो आए पछि आफुले आफ्नो संसदीय कोष बाट २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेर ३ कोठे भवन निर्माण गर्न लागिएको मधेश प्रदेश सभा सदस्य एवं बारा क्षेत्र न ४ क को सांसद देवनारायण चौधरीले बताए ।
त्यस्तै शिलान्याश कार्यक्रम पछि बोल्दै वडा अध्यक्ष एवं बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष सुनिल कुमार गुप्ताले भवनको अभाव भएको बेला प्रदेश सभा सदस्य देवनारायण चौधरी ज्युले बिद्यालयको लागि ३ कोठे भवनको निर्माण गर्नको लागि बजेट बिनियोजन गर्दिनु भएकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
शिलान्याश कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि,पूर्व उपमेयर सरस्वति चौधरी ,वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता ,फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयका प्रधानध्यापक,राजु सिंह ,रबिन्द्र खकुरेल,मनोज पौडेल ,प्रेस चौतारीका मधेश प्रदेश उपाध्यक्ष अनिल तिवारी लगाएत बिद्यालय व्यवस्थापन समितिको सदस्य र स्थानियाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस