आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको माधव नेपालको टिप्पणी

एपी खबर २०८० जेष्ठ २६, शुक्रबार (३ महिना अघि) ५६ पाठक संख्या

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 

नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको उनले बताए। उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताए।नेता नेपालले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए।

 

 

प्रतिक्रिया दिनुहोस