आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

भारतविरुद्ध अस्ट्रेलियालाई २९६ रनको अग्रता

एपी खबर २०८० जेष्ठ २७, शनिबार (३ महिना अघि) ५५ पाठक संख्या

काठमाडौँ: विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले २९६ रनको अग्रता बनाएको छ।तेस्रो दिन भारत आफ्नो पहिलो इनिङमा २९६ रनमा अलआउट हुँदा अस्ट्रेलियाले दोस्रो इनिङ तेस्रो दिन नै सुरु गरेको थियो। दिनको खेल सकिँदा अस्ट्रेलियाले १२३ रन बनाउँदा ४ विकेट गुमाएको छ।

 

 

पहिलो इनिङमा भारतका लागि अजिंक्य रहाणेले ८९ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, सार्दुल ठाकुरले ५१ रन बनाउँदा रविन्द्र जडेजाले ४८ रन बनाएका थिए। उसका अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन।त्यसअघि पहिलो इनिङमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भने स्टिव स्मिथ र ट्रभिस हेडको शतकमा ४६९ रनको स्कोर बनाएको थियो। तर दोस्रो इनिङमा भने अस्ट्रेलियाले १२३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ।चौंथो दिन अस्ट्रेलियाले १२३ रनबाट दिनको खेल सुरु गर्ने छ। अहिले क्रिजमा मार्नुस लबुसेन ४१ रन क्यामरुन ग्रिनले ७ रन बनाएर क्रिजमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस