आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

मधेश प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णा यादव द्वारा जनस्वास्थ्य प्रयोगशालाको स्थापना

अखिलेश यादव २०८० जेष्ठ २७, शनिबार (३ महिना अघि) ७६ पाठक संख्या

रौतहट :रौतहटको गढ़िमाई नगरपालिकाको वडा न ८ को बरियारपुर स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरिएको छ ।प्रयोगशालाको मधेश प्रदेशको भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले शनिवार एक कार्यक्रमको बीच उद्घाटन गर्नु भएको छ ।

 

 

गढ़िमाई नगरपालिका र मधेश प्रदेश सरकारको सहकार्यमा जनस्वास्थ्य प्रयोशालाको उद्घाटन गरिएको गढ़िमाई नगर पालिकाको नगरप्रमुख श्याम यादवले बताए ।उद्घाटन पछि बोल्दै मन्त्रि यादवले आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव अग्रसर रहेको बताए। ल्याब टेष्टको अभावमा बाहिर जानुपर्ने बाध्यता र हजारौं हजार खर्च गर्दा पनि गुणस्तरीय जाँच हुन नसक्ने समस्याको मध्य नजर गरिदै जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको समेत उनले बताए ।गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य उपचारको लागि यस क्षेत्रका बासिन्दा अन्यत्र जानु नपर्ने बताए । उनले नगरपालिकाबासीले आफ्नै गाउँमा सस्तो र सुलभ स्वास्थ्य उपचार पाउने बताए ।उक्त प्रयोगशाला उद्घाटन कार्यक्रममा नगरपालिकाको कर्मचारी लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस