आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

एपी खबर २०८० जेष्ठ २८, आईतबार (३ महिना अघि) ३९ पाठक संख्या

कालिकोट– कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका गाउँपालिका कार्यालय तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको गाडी शुभकालीका–६ को गविरामा दुर्घटना भएको हो ।

 

दुर्घटनामा बोलेरो चालक शुभकालीका–२ का हर्क बि.क, वडा नम्बर ८ का रामबहादुर शाही र दैलेख नौमुलेका गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस