आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

नाला सफाई गर्ने क्रममा वीरगन्ज बाट विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटियो

अखिलेश यादव २०८० जेष्ठ २८, आईतबार (३ महिना अघि) ४६ पाठक संख्या

वीरगन्ज : वीरगन्जमा नाला सफाई गर्ने क्रममा ठूलो परिणाममा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्वर ६ महानगरपालिकाका कर्मचारीहरूले नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली फेला परेको हो।

 

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कूल १०५ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

 

उक्त गोली कसले कहिले नालामा फालेको भन्ने बारे केही खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । नाला सफा गर्ने क्रममा गोली भेटिएपछि सफाइकर्मीले प्रहरीलाई खबर गरेका थिए ।

 

गोली भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक शाह आफै गोलि भेटिएको स्थानमा पुगेका थिए ।फेला परेकोमध्ये ४ वटा गोली बिग्रेको अवस्थामा भेटिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस