आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई, भारत लगातार दोस्रो पटक फाइनलमा पराजित

एपी खबर २०८० जेष्ठ २८, आईतबार (३ महिना अघि) ४३ पाठक संख्या

काठमाडाैँ – विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ। आइतबार अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गर्दै कीर्तिमानी जित निकालेको हो। अस्ट्रेलिया आइसीसी टेस्ट च्याम्पियनसिपमा जित निकाल्न सफल भएसँगै सबै खाले आइसीसी ट्रफि जित्ने पहिलो राष्ट्र बन्यो। भारतको भने फाइनलमा लगातार दोस्रो हार हो। अघिल्लो सिजन न्युजिल्यान्डसँग हारेको भारत यो पटक अस्ट्रेलियासँग स्तब्ध बन्यो।

 

पाँचौ तथा अन्तिम दिन भारतीयी ब्याटरलाई अस्ट्रेलियन बलरले लामो समय क्रिजमा टिक्न नदिंदा कंगारु टोलीले सहज जित हासिल गर्यो। अन्तिम दिन २ सय ८० रनको आवश्यक रहेको भारत ७१ रन जोड्दा ७ विकेट गुमाउन पुगेपछि अस्ट्रेलियाले २०९ रनको जित हासिल गर्‍याे ।

 

भारतका लागि कुनैपनि खेलाडीले दोस्रो इनिङमा अर्धशतकीय इनिङ खेल्न सकेनन्। विराट कोहलीको ४९ रन सर्वाधिक रह्यो। त्यस्तै अजिंक्य रहानेले ४६ रन बनाउँदा रोहित शर्माले ४३ रन बनाए। त्यस्तै चेतेश्वर पुजाराको २७ रन रहँदा श्रीकर भरतकव २३ रन रह्यो। अस्ट्रेलियाका लागि नाथन लियोनले ४ विकेट लिंदा स्कट बोलान्डले ३ तथा मिचेल स्टार्कले २ विकेट हात पारे अर्को एक विकेट प्याट कमिन्सको नाममा रह्यो।

 

त्यसअघि अस्ट्रेलियाले दोस्रो इनिङमा २७० रनको अवस्थानमा इनिङ समाप्तीको घोषणा गरेको थियो। उसका लागि एलेक्स क्यारीले सर्वाधिक ६६ रनको अविजित इनिङ खेल्दा मार्नुस लबुसेन र मिचेल स्टार्कले समान ४१-४१ रन बनाएका थिए। त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा स्टिव स्मिथ र ट्रभिस हेडको शतकीय इनिङमा ४ सय ६९ रन बनाएको थियो।

 

भारत भने पहिलो इनिङमा २ सय ९६ रनमा समेटिंदा अस्ट्रेलिया १ सय ७३ रनले अघि रह्यो। समग्रमा अस्ट्रेलियाले भारत विरुद्ध ४ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जहाँ भारत २ सय ३४ रनमा समेटिन पुग्दा अस्ट्रेलियाले फराकिलो जित सहित पहिलो पटक टेस्ट च्याम्पियनसिपको उपाधि जित्न सफल भयो। यो सँगै अस्ट्रेलिया सबै आईसीसी ट्रफि जित्ने पहिलो देश समेत बन्यो।

 

 

प्रतिक्रिया दिनुहोस