आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

अशोक स्टीलमा कार्यरत एक जना कामदारको मृत्यु,घटनालाई ढाकछोप गर्ने प्रयास जारि

अखिलेश यादव २०८० जेष्ठ २८, आईतबार (३ महिना अघि) ४५ पाठक संख्या

जीतपुर :बिरगंज पथलैया औधोगिक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको अशोक स्टीलको लापरवाही कारण एक जना कामदारको मृत्यु भएको रहस्य बाहिरिएको छ । मृत्यु हुनेमा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न २० को जितेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताएको छ ।

 

अशोक स्टील भित्र काम गरिरहेको बेला जेठ १९ गते राति करिब २ बजेर ३० मिनेटको समयमा भट्टीको ग्यास सिलिन्डर पड्किदा घाईते भएको चौधरीलाई उपचारको लागि सिमरा स्थित तराई होस्पितलमा लगिएको र त्यहा उपचार हुन् नसके पछि ठप्प उपचारको लागि काठमाडौँ स्थित किर्तिपुर अस्पतालमा लगेको र उपचारकै क्रममा जेठ २७ गते चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

 

यता अशोक स्टीलले घटना भएको हप्ता दिन बिते पनि अहिले सम्म घटना बारे सार्वजनिक न गर्नुमा स्थानियहरुले अशंका समेत गर्न थालेको छ ।घटना बारे अनुसन्धानको लागि प्रहरीले अशोक स्टीलका सुपरभाईजर लगाएत प्रशासकीय अधिकृत तथा म्यान्जेरलाई सोधपुछको लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस