जीतपुर: नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ मा वडा कमिटि आईतबार गठन गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को दोश्रो भेला बाट शुक्र बहादुर श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ । नेकपा एमालेको बारा जिल्ला सचिवालय सदस्य भरत बहादुर घलेको अध्यक्षतामा उक्त वडा कमिटि गठन गरिएको छ ।
वडा कमिटि कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं नेकपा एमालेको जिल्ला सचिवालय सदस्य तारा बहादुर कार्कीले नेकपा एमालेले आफ्नो कार्यकालमा अतुलनिय विकास निर्माणको कार्य गरेको बताउदै यस बाट पार्टीका नेता तथा कार्यकर्ताहरु पाठ सिक्नुपर्ने र पार्टी अझ शसक्त रुपले अगाडी बढाउनुपर्ने कुरामाथि जोड दिनुभयो ।
जसको उपाध्यक्षमा दिनेस्वर चौधरी सचिवमा ,निर्जल घिमिरे सह सचिवमा ,.टीका देबि बस्नेत सह सचिवमा राकेश लामा सदस्यहरु अमृत बहादुर खत्री ,रामकुमार थापा,धन बहादुर तामाङ्ग ,पिन्के पाखृन ,पसुराम पोखरेल,टाेप बहादुर श्रेष्ठ ,मदन भेतुवाल,कुल बहादुर थापा,.ॐम पौडेल ,चीन बहादुर पाखृन ,मिकमार दोङ्ग सागर ,कुमार जिम्बा,सान्ती लामा ,सावित्री बिक,गणेश थपलिया ,रामे दोङ्ग ,सोम माया पाखृन,यम खरेल ,दुर्गा थापा ,आरती चौधरी ,सम्झना बस्नेत ,.प्रेम खदका ,तुलसीदेबि सिलवाल ,मनोज खडका सहित २९ सदस्य वडा कमिटि बिस्तार गरि ११ सदस्य सचिवालय र १५ सदस्य सल्लाहकार कमिटीको समेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस