आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सलमान खानलाई ज्यान मार्ने धम्की,मुम्बई प्रहरीले सुरक्षा दिदैं

एपी खबर २०८० अषाढ १२, मंगलबार (२ महिना अघि) ५० पाठक संख्या

एजेन्सी: बलिउड अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ।जसकारण उनले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्, हाल उनलाई मुम्बई प्रहरीले पनि सुरक्षा दिइरहेको छ।

 

अब यी अभिनेतालाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन्। गोल्डीले एक अन्तरवार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन्। उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन्।

 

‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन्। विश्नोई समाज काला हिरणलाई पुजा गर्दछ। उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नु भएन। यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौँ’, गोल्डीले भनेका छन्। यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएकाे थियाे।

 

उनले आफूहरुको खलिस्तान र आईएसआईसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्। सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए। त्यो बेला सलमान माथी कालो हिरण मारेको आरोप थियो। यसलाई लिएर अदालतमा मुद्दा पनि पर्यो। जसकारण उनी जेल पनि गए।

प्रतिक्रिया दिनुहोस