आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथि छलफल

एपी खबर २०८० अषाढ १८, सोमबार (२ महिना अघि) ६५ पाठक संख्या

बुटवल : लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकै बीच बजेटमाथिको छलफल सकिएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न सोमवार आह्वान गरिएको प्रदेश सभा बैठकमा पनि एमालेले अवरोध गरेको थियो।

 

सभामुख तुलाराम घर्तीले सोमवारको पहिलो बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए। सभामुखले समय उपलब्ध गराएपछि उनले सम्बोधन गर्दै सरकारले एकलौटी र बलमिच्याइँ गरेर अगाडि बढ्न खोजेकाले सदनमार्फत् विरोध जनाएको उल्लेख गरे। बजेटमा भएका कमजोरी र निर्देशनालय हटाउने निर्णयलाई सच्याउन आफुहरुले माग गर्दै आएको उनले दोहोराए। विपक्षीको विरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो।

 

पुनः सुरु भएको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहे पनि सभामुख घर्तीले बैठक अघि बढाए। दोस्रो बैठकमा सभामुख घर्तीले सैद्धान्तिक छलफल अघि बढाएपछि एमालेका सांसदहरू रोस्टममै पुगेर नाराबाजी गरेका थिए।बैठकमा नाराबाजीकै बीच सत्ता पक्षका सांसदहरुले बजेटमाथि आफ्ना धारणा राखेका थिए। नेपाली कांग्रेसका बसिउद्दिन खाँले प्रदेशको हालसम्मकै राम्रो बजेट आएको बताए। उनले नमुना प्रदेश बनाउन सक्ने खालको बजेट सरकारले ल्याएको दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस