आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सिरहा नपा वडा न.१७ मा नि:शुल्क आँखा शिविर सम्पन्न,१ सय जनाले गराए आँखाको परिक्षण

एपी खबर २०८० अषाढ १८, सोमबार (२ महिना अघि) १२० पाठक संख्या

नरेशचन्द्र बरबरिया । सिरहा । सिराहा नगरपालिका नं. १७ वडा कार्यालयको सहयोग र ग्रामीण समाज संरक्षण केन्द्रको आयोजनामा नि:शुल्क आँखा स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ ।आधारभुत विद्यालय पटेर्वाको प्राङ्गणमा सगरमाथा चौधरी आँखा अस्पताल बाट खटिएका डाक्टरहरु द्वारा आखा चेकजाँच गरिएको आयोजकले जनाएको छ।

 

सोमबार बिहान १०:३० बजे देखि शुरु भएको नि:शुल्क आँखा शिविरमा १ सय जनाको आँखाको निःशुल्क परीक्षण गर्नुको साथ साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । सो शिविरबाट ३४ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत ग्रामीण समाज संरक्षण केन्द्र ईनर्वा सुनसरीले गर्ने संचालक दयाराम यादवले जानकारी दिनु भयो।

 

शिविरमा आँखा जाँच गराएकामध्ये २७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ८७ जना बिरामीहरूलाई नि:शुल्क औषधि समेत वितरण गरिएको थियो । आगामी दिनमा पनि यस्ता लाभान्वित हुने विभिन्न कार्यक्रमहरु ल्याउने सिरहा नगरपालिका वडा न.१७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस