आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

अजय मिश्र, कपिलबस्तु २०८० अषाढ ३०, शनिबार (२ महिना अघि) ४० पाठक संख्या

कपिलवस्तु,: प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ।

 

 

प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख अतिथिमा कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंह, विशिष्ट अतिथिमा समाजसेवी सुसिल श्रीवास्तव, अतिथिमा सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या लगायत रहेका थिए।

 

 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहल SEE उत्रिण विद्यार्थी हरूको उज्जवल भविष्यको कामना गर्दै, विद्यार्थी हरु देशका भबिस्य रहेको हुदाँ विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउदै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थी हरूमा अनुरोध गर्नुभयो।

 

 

कार्यक्रममा विद्यार्थी हरूलाई खादा माला लगाई सम्मान गरि कोसेली समेत प्रदान गरिएको थियो। कार्यक्रममा कृष्णनगर क्षेत्रका पचास बढी विद्यार्थी लाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीका अभिभावक हरूको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस