आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

सप्तरीमा सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

एपी खबर २०८० श्रावण २, मंगलबार (२ महिना अघि) ५६ पाठक संख्या

 प्रहरीले सामूहिक बलात्कार आरोपमा सप्तरीमा चारजनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरूमा सप्तरीको कञ्चनरूप नगरपालिका १२ का ४० वर्षीय कैलास भन्ने टेकराज पोख्रल, २१ वर्षीय दिपेश सुवेदी, २४ वर्षीय सुदिप भुजेल र २२ वर्षीय मनोज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।शुक्रबार राति करिब साढे १० बजेको समयमा टेकराजले युवकहरूसँग युवतीको घरमा आएर युवतीकाे साथी आशिषलाई घरभित्र कोठामा थुनी युवतीलाई गाउँकै सोमबहादुर मगरको घरमा लगेर बलात्कार गरेका हुन्।

 

 

 

युवती र उनकाे साथी घरमा कुरा गरेर बसिरहेका थिए।कैलाशको आदेशमा दिपेश, सुदिप र मनोज समेतले खुकुरी देखाउँदै पालै पालो बलात्कार गरेर युवतीलाई उसको घरमा पुर्‍याएका थिए।पीडितले घटना सम्बन्धमा आइतबार राति करिब ८ बजे आफ्नो घरमा बताएपछि घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरिपाऊँ भनी इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा सोमबार लिखित जाहेरी दरखास्त दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।पक्राउ परेका चारैजना विरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थपका लागि जिल्ला अदालत, सप्तरीमा पठाइएको प्रवक्ता सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस