आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

आर्थिक अभावमा ४१ बर्षिय समृता थापा मगरको उपचारमा समस्या

पुष्पराज खतिवडा, बारा २०८० श्रावण ४, बिहिबार (२ महिना अघि) ५७ पाठक संख्या

बाराः आर्थिक अभावमा ४१ बर्षिय समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मृगौलाले काम गर्न छाडेको ३ महिना भयो । उनको विर अस्पतालको सघन कक्षा उपचार भैरहेको छ ।

 

नियमित डायलासिस भैरहेको छ । डायलासिससँगै स्वास्थ्य अवस्थामा सुधार आएको आफन्तले बताएका छन् । चिकित्सकहरुले उनलाई बचाउन र नयाँ जिवन दिन सकिने बताएका छन् ।आर्थिक अवस्था न्युन रहेको थापा परिवारको आम्दानीको श्रोत भनेको डाईभरी हो । निजि र्फम तथा ब्यक्तिहरुको ट्याक्सि चलाउँदै आएका पिडित समृताका पति शेर बहादुर थापाले समृताको उपचारमा आर्थिक समस्या भैरहेको बताएका हुन् । समृताको उपचारमा हाल सम्म १२ लाख रुपैंया खर्च भैसकेको छ । चिकित्सकले अझ ६ लाख रुपैया लाग्ने बताएका छन् ।ट्याक्सी चलाएर कमाएको पैसा र ऋणधन गरेर हाल सम्मको उपचार गरें । थप उपचार गर्ने पैसा हामीसँग छैन । बालक २ छोराहरुको शिक्षा दिक्षा पालण पोषण गर्नु पर्ने बाध्यता पनि छ । श्रीमतीको उपचारका लागि अस्पताल धाउनु पर्दा ट्याक्सी चलाउन पाएको छैन । हामी पिडामा छौं समृताका पति शेर बहादुरले गुनासो गरे ।३ महिना पहिला जिउ सुन्नीने, पेट दुख्ने, वाकवाकी लग्ने जस्ता समस्या लिएर काठमाण्डौ स्थीत निदान अस्पताल पुग्दा दुबै किड्नी खराव भएको थाहा भएको हो ।
श्रीमतीलाई श्रीमान्को मृर्गाैला दिनेगरी हाल प्रकृया अगाडी बढि रहेको भएपनि चिकित्सकले भने बमोजिमको पैसा ब्यवस्थापन गर्न समस्या भैरहेको पिडितका भाई बारा जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वा निवासी भिम बहादुर दर्लामीले बताए ।
दिदिको उपचारमा मनकारीहरुको आर्थिक सहयोगको अपेक्षा गरेका छौं । सानो सहयोगले एउटी नारीले नयाँ जिवन पाउने छिन् । त्यसका लागि समृता थापा मगरको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खाता नं.००७०७०१०१४१५५० मा रकम सहयोग गर्न सकिने ब्यवस्था मिलाईएको उनले बताए ।
मृगौला पिडित समृता बाराकी चेली हुन् ।

प्रतिक्रिया दिनुहोस