बिराटनगर : इटहरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक जना सिकिस्त घाइते छन् । एउटा मोटरसाइकल पिकअपसँग ठोक्किँदा मोटरसाइकलमा सवार चार जनामध्ये तीनको मृत्यु भएको बताइएको छ ।गएराति इटहरीको कान्छी चोकमा उक्त दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको पिकअप र मोटरसाइकल ठक्कर खाएको प्रहरीको भनाई छ ।
डब्लु बी ७३ ई ९११७ नम्बरको पिकअप र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका तीन जनाको उपचारको क्रममा निधन भएको हो ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा इटहरी १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको छ । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत २७ वर्षीय प्रेमलाल चौधरीको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस