आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

एपी खबर २०८० श्रावण ८, सोमबार (२ महिना अघि) ४३ पाठक संख्या

बैतडी– बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको हो ।मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

घटनामा मृतक अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका छन् । उनीहरूको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।पहिरोले घर पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै केही पशुचौपाया पनि मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस