आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

एपी खबर २०८० श्रावण १६, मंगलबार (१ महिना अघि) ३६ पाठक संख्या

काठमाडौ. । कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०ः३० बजे हुने बताइएको छ ।

 

नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस