आज:  २०८० आश्विन ५, शुक्रबार | Fri, 22, Sep, 2023
FLASH NEWS

कोशीका मुख्यमन्त्री सहित अन्य तीन मन्त्रीले लिए सपथ

AuthorAP Khabar२०८० श्रावण १७, बुधबार (१ महिना अघि) ३५ पाठक संख्या

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाका साथै तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार साँझ बिराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ ग्रहण गराएका हुन् ।

 

 

चार दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता थापा २७ दिनमै दोस्रोपटक मंगलबार पुनः कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । सरकार गठनकै लागि सभामुख पदबाट राजिनामा दिएका माओवादीका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काङ्ग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्रीले समेत सपथ ग्रहण गरेका हुन् ।

 

 

गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।जबेगु र सुनुवार असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस