काठमाडौँ- एक क्विन्टल सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनमा दलहरुबीच सहमति जुट्न सकेन । सोमबार सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरुको दुईपटक बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलबार पुनः बैठक बस्ने भएको छ ।
यसअघि नै दलहरुबीच सहमति कायम भएर संसदको गतिरोध अन्त्य हुने अपेक्षा सभामुख घिमिरेले गरेका छन् ।सोमबार अपरान्ह दोस्रो पटक नयाँबानेश्वरस्थित संसद भवनमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि सभामुख घिमिरेले मंगलबार बिहान १० बजे बस्ने शीर्षनेताहरुको बैठकमा सहमति कायम हुने अपेक्षा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस